CCP को बारेमा

Bay Cove र Vinfen बीचको साझेदारी, सामुदायिक स्याहार साझेदारहरू (CCP) भनेको एकीकृत स्याहारलाई प्रोत्साहित गर्न MassHealth सदस्यहरू र उनीहरूका स्वास्थ्य सेवा प्रदायकहरूसँग साझेदार गर्ने बहु-विषयक स्याहार टोलीहरूको एउटा सहकार्यता हो। र हाम्रा स्याहार समन्वयकहरू PCP कार्यालयको सामुदायिक पहुँच साधनको रूपमा सेवा प्रदान गर्ने समुदायमा आधारित सामाजिक सेवाका विशेषज्ञ र प्राथमिक तथा व्यवहारात्मक स्वास्थ्य सेवामा MassHealth का सहायक सदस्यहरू हुन्।

LTSS को बारेमा

दीर्घकालीन सेवा तथा सहायताहरू (LTSS) का स्याहार साझेदारहरू भनेको MassHealth का सदस्यहरूका लागि एकीकृत स्याहारलाई प्रोत्साहित गर्न हाम्रा ACO साझेदारहरूका जटिल रूपमा व्यवस्थित स्याहार टोलीहरूसँग साझेदार गर्ने समुदायमा आधारित छवटा संस्थाको एउटा सहकार्यता हो। हाम्रा स्याहार समन्वयकहरू समुदायमा आधारित सामाजिक सेवाहामा विशेषज्ञ र प्राथमिक स्याहारको सहायकको रूपमा सेवा प्रदान गर्दै अन्य स्वास्थ्य सेवा प्रदायकहरूसँग सँगसँगै रहेर काम गर्नुहुन्छ।

हामीले गर्ने कार्यहरू

MassHealth द्वारा वित्त व्यवस्था गरिएको सामुदायिक साझेदार कार्यक्रमको रूपमा हामी MassHealth का सदस्यहरूलाई आवश्यक पर्ने सेवा तथा सहायताहरूको व्यापक दायरा पहिचान र समायोजन गरेर स्वास्थ्य सेवामा उनीहरूको पहुँचलाई सुधार्नका लागि उनीहरूसँग साझेदार गर्छौं। हामी अन्य स्वास्थ्य सेवा र सामाजिक सेवा प्रदायकहरूसँग सुधारिएको स्वास्थ्य तथा कल्याणलाई प्रोत्साहित गर्ने स्यहार समायोजन र एकीकृत गर्न काम गर्छौं।

हामी को हौं

दुवै व्यवहारात्मक स्वास्थ्य तथा दीर्घकालीन सेवा तथा सहायताहरूको सामुदायिक साझेदार (BH र LTSS CP) को रूपमा, हामी निम्न छवटा दीर्घकालीन समुदायमा आधारित संस्थाको सहकार्यता हौं — Bay Cove, Boston Senior Home Care, Justice Resource Institute, Mystic Valley Elder Services, Somerville Cambridge Elder Services र Vinfen। हाम्रा बहु-विषयक स्याहार टोलीहरूमा इजाजतपत्र प्राप्त सामाजिक कार्यकर्ता, सामुदायि स्वास्थ्य कामदार, दर्ता भएका नर्सहरू (RN) र रिकभरी कोचहरू समाविष्ट छन्।

हामी कहाँ छौं

हाम्रो दीर्घकालीन सेवा तथा सहायताहरूको सामुदायिक साझेदार (LTSS CP) ले ग्रेटर बोस्टोनको क्षेत्रका साथसाथै माल्डेनमा MassHealth का सदस्यहरूलाई सेवा प्रदान गर्दछ। हाम्रो व्यवहारात्मक स्वास्थ्यको सामुदायिक साझेदार (BH CP) ले पूर्वी Massachusetts मा Lowell र Lawrence देखि Fall River र Cape Cod सम्म MassHealth का सदस्यहरूलाई सेवा प्रदान गर्दछ। हाम्रो विस्तृत सेवा क्षेत्रले 14 ACO सँगको साझेदारीहरू र तिनीहरूको प्राथमिक स्याहारका अभ्याहरूलाई प्रोत्साहित गर्छ।

को योग्य छ

CCP र LTSS स्याहार साझेदारीहरूका लागि योग्यता MassHealth को सामुदायिक साझेदारी कार्यक्रमका योग्यता मार्गनिर्देशनहरूद्वारा निर्धारण गरिन्छ। सबै सदस्यहरूसँग MassHealth (मेडिकेड) बीमा कभरेज हुनुपर्छ र मानसिक स्वास्थ्य विभाग (DMH) को वयस्क सामुदायिक चिकित्सकीय सेवाहरू (ACCS) कर्यक्रममा नामाङ्कित नभएका कुनै पनि सदस्य मेडिकेड ACO योजनामा नामाङ्कित हुनुपर्छ।

हामीसँग जोडिनुहोस्

थप कुराहरू जान्न उत्सुक हुनुहुन्छ वा मनमा विशेष प्रश्न छन्? हामी तपाईंको कुरा सुन्न चाहन्छौं! तपाईं हामीलाई 617-878-2410 मा फोन गर्न सक्नुहुन्छ। तपाईं हामीलाई info@carepartnersma.org मा इमेल पठाउन सक्नुहुन्छ।

CCP र LTSS स्याहार साझेदारहरू आकस्मिक स्याहार कार्यक्रम होइनन्। कृपया हामीलाई तपाईंको सोधपूछमा प्रतिक्रिया जनाउन तीन व्यावसायिक दिनको समय दिनुहोस्।

तपाईंको प्राथमिक भाषामा हाम्रो पूर्ण साइटमा पहुँच गर्ने

हाम्रो वेबसाइटका अन्य पृष्ठहरू अनुवाद गर्न, अनुवादन सेवाहरूका लागि तल रहेको तपाईंको प्राथमिक ब्राउजरमा पहुँच गर्नुहोस्।

Chrome

https://support.google.com/chrome/answer/173424

Edge

https://support.microsoft.com/en-us/microsoft-edge/use-microsoft-edge-in-another-language-4da8b5e0-11ce-7ea4-81d7-4e332eec551f

Firefox

https://support.mozilla.org/en-US/kb/use-firefox-another-language

Safari

https://support.apple.com/guide/safari/translate-a-webpage-beta-ibrw646b2ca2/mac